काठमाडौंमा भएको आगजनी, तोडफोड र लुटपाटको मुख्य जिम्मेवार ठहर गर्दै सरकारले दुर्गा प्रसाईँलाई पक्राउ गर्न आदेश दिएको छ । प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।
भिडलाई उक्साएर अराजकता मच्चाएको आरोपमा प्रसाईँ तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए । आज मात्रै यौनिक अल्पसङ्ख्यक सुनिलबाबु पन्तले उनी विरुद्ध साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।
प्रहरीले आन्दोलनअघि प्रसाईँले हिंसा भड्काउने योजना बनाएको भिडिओ फेला पारेपछि उनलाई पक्राउ गर्न लागिएको हो । सरकारले पूर्व राजा र प्रसाईँलाई तोडफोड, आगजनी र लुटपाटका लागि जिम्मेवार ठहर गरेको छ ।