बझाङबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका बझाङ बित्थडचिर गाउँपालिका–३ का २५ वर्षीय चक्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ ५ बजे  जिल्ला सदरमुकाम चैनपुर बजारबाट उनलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय  डडेल्धुराको अनुरोधमा उनलाई पक्राउ गर्न बझाङ प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा खटिएको टोलीले बोहरालाई नियन्त्रणमा लिएर डडेल्धुरा प्रहरीको जिम्मा लगाएको हो । उनलाई डडेल्धुरा प्रहरीले पठाएको प्रहरी सहायक निरीक्षक जय बहादुर चन्दको नेतृत्वमा रहेको टोलीलाई हस्तान्तरण गरिएको छ ।

बोहरालाई बझाङ प्रहरी कार्यालयबाट बागमती प्रदेश-१९१५ नम्बरको गाडीमार्फत डडेल्धुरा पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...