बझाङको छविसपाथिभेरा गाउँपालिका अन्तर्गत लाग्ने धार्मिक तथा ऐतिहासिक चैतली मेला चैत २८ गतेदेखि सुरु हुने भएको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार चैत २८ र २९ गते दुई दिन गाउँपालिकाभरिका सबै सार्वजनिक विद्यालय, सरकारी कार्यालय, संघसंस्था तथा गाउँपालिकाको कार्यालय बन्द रहनेछ ।
स्थानीय धार्मिक परम्परा अनुसार हरेक वर्ष आयोजना गरिँदै आएको चैतली मेला यसपालि पनि विशेष श्रद्धा र उत्साहका साथ मनाइने जनाइएको छ । मेलामा सहभागी हुने सबै श्रद्धालु, पर्यटक तथा सरोकारवाला निकायलाई आवश्यक तयारीका लागि यस सूचना मार्फत जानकारी गराइएको छ ।
छविसपाथिभेरा गाउँपालिकाले मेलाको सफल आयोजना तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्न सबैलाई सहकार्य र सहभागिताको आग्रह पनि गरेको छ ।