बझाङ: जिल्ला अस्पताल बझाङका एम्बुलेन्स चालक नरेन्द्र बम्म एम्बुलेन्ससहित अर्काकी श्रीमती भगाएर फरार भएका छन् । सिमखेतका एक स्थानीयवासीका अनुसार मंगलबार राति चालक बम्म एम्बुलेन्समा ती महिलालाई लिएर हराएका हुन् ।
जिल्ला अस्पताल स्रोतका अनुसार एम्बुलेन्स हालसम्म कहाँ छ भन्ने थाहा नभएपछि अस्पतालमा बिरामीहरूलाई रेफर गर्न समस्या भएको थियो । एम्बुलेन्स नहुँदा गम्भीर बिरामीहरूलाई अन्यत्र पठाउन कठिनाइ भएको जनाइएको छ ।
तर, पछिल्लो जानकारीअनुसार मंगलबार राति हराइएको उक्त एम्बुलेन्स अछाममा बेवारिसे अवस्थामा फेला परेको छ । अस्पतालको आधिकारिक फेसबुक पेजमार्फत एम्बुलेन्स अहिले सुरक्षा निकायको निगरानीमा रहेको पुष्टि गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।