बझाङको खप्तडछान्ना गाउँपालिका–५ छात्रबस्तीकी २५ वर्षीया आशा देवी थापा मृत अवस्थामा फेला परेकी छन् । मंगल थापाकी श्रीमती थापा वैशाख १३ गते राती करिब ८:३० बजे घरबाट कसैलाई जानकारी नदिई निस्किएको पारिवारिक स्रोतले जनाएको छ । आफन्तहरूले रातभर खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान ७:५५ बजे नानीगाड खोलाको किनारमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा SOCO (Scene of Crime Officer) सहितको प्रहरी टोली खटिएको छ । हाल घटनास्थलमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।