बझाङमा ट्याक्टरको ट्युव पट्किदा एक जना घाइते

बझाङ : जिल्लाको बित्थडचिर गाउँपालिका–१ स्थित बित्थड बजारमा अचानक ट्याक्टरको ट्युव पट्किँदा एक व्यक्ति घाइते भएका छन् ।

शुक्रबार साँझ ६ बजे तिर न्यु बागेश्वरी अटो पार्ट्स एण्ड वर्कसपमा हावा भर्ने क्रममा ट्याक्टरको ट्युव विस्फोट हुँदा बैतडी जिल्लाको सिगास गाउँपालिका–१ हिरानाका ३५ वर्षीय कृष्ण ढाँट घाइते भएका हुन् ।

सु.प.प्र.०१००२ त ४७३० नम्बरको ट्याक्टरमा टायरको ट्युवमा हावा भर्दै गर्दा ट्युव पड्किएको र त्यसको चापले उछिटिएर उनलाई गम्भीर आन्तरिक चोट लागेको बताइएको छ ।

घाइते ढाँटलाई तत्काल उपचारका लागि प्रा.स्वा.केन्द्र देउलेख, बझाङमा लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।

Loading...