बझाङ जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँ उस्कुलामा खेत जोत्ने क्रममा गोरुसहित खसेर एक जनाको मृत्यु भएको छ ।
स्थानीय सुका ऐडी मकै लगाउने क्रममा आफ्नै खेतबारीबाट करिब ५०० मिटर तल खोलामा खसेका थिए ।
दुर्घटनामा गोरुको घटनास्थलमै मृत्यु भएको हो भने, गम्भीर घाइते भएका सुका ऐडीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
उक्त घटना सम्बन्धमा थप विवरण संकलन भइरहेको जनाइएको छ ।