
बझाङ : छविसपाथिभेरा गाउँपालिका–४, झुतेडाकी १६ वर्षीया एक किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पीडित किशोरी नाम परिवर्तित थर चैनपुर नगरपालिका १९ (क) लाई चैनपुर बसोबास गर्ने ३२ वर्षीय चैनपुर २० ले वैशाख २९ गते राति करिब १० बजे आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा उजुरी दिएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको हो ।
पीडित पक्षबाट वैशाख ३१ गते साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेपछि प्रहरी नायब उपरीक्षक लाल सिंह रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।