बझाङमा गुणस्तरहीन मदिरा प्रतिबन्ध

Masta Gaupalika

बझाङ : जिल्लामा अब न्यून गुणस्तरको मदिरा तथा प्लाष्टिक प्याकिङ्गमा उत्पादित सबै प्रकारका मदिराको विक्रि वितरण पूर्ण रुपमा बन्द गरिएको छ ।

२०८१ साल बैशाख २४ गते बसेको सर्वदलीय, सर्वपक्षीय बैठक तथा मदिरा विक्रि वितरण नियमन निर्देशिका २०६५ को दफा ६(२) अनुसार गठित मदिरा विक्रि वितरण नियमन अनुगमन समितिको निर्णयानुसार उक्त प्रतिबन्ध लगाइएको हो ।

निर्णय अनुसार आगामी जेष्ठ १ गतेदेखि यस्तो मदिराको आयात नगर्न बझाङ उद्योग वाणिज्य संघले सम्पूर्ण व्यापार व्यवसायीलाई अनुरोध गरेको छ । साथै, हालसम्म स्टकमा रहेको न्यून गुणस्तरको मदिरा आगामी जेष्ठ १० गतेभित्र विक्रि वितरण गरिसक्न पनि अनुरोध गरिएको छ ।

जिल्लामा बढ्दो मदिरा दुरुपयोग र जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ । बझाङ उद्योग वाणिज्य संघले सबै व्यापारीलाई जिम्मेवारीपूर्वक यस निर्णयको पालना गर्न आह्वान गर्दै नियम उल्लंघन गर्नेहरूमाथि कारवाही हुने सूचना मार्फत स्पष्ट पारेको छ ।

 

Loading...