केदारस्युँमा अनधिकृत विद्यालय बन्द गर्न पालिकाको कडा चेतावनी

Masta Gaupalika

बझाङ : केदारस्यूँ गाउँपालिकाले गाउँभित्र सञ्चालनमा रहेका अनधिकृत तथा गैरकानूनी संस्थागत विद्यालयहरूप्रति कडा चेतावनी जारी गरेको छ । गाउँपालिकाले वडा कार्यालयहरूलाई जानकारी गराउँदै आवश्यक समन्वयका साथ यस्ता विद्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

पालिका अध्यक्ष गणेश बोहराका अनुसार गाउँपालिकाका विभिन्न स्थानमा प्रक्रिया नपुर्‍याई संस्थागत विद्यालय स्थापना गरी विद्यार्थी भर्ना गरेर पठनपाठन गरिँदै आएको सम्बन्धमा व्यापक जनगुनासो आएको छ । नियम विपरीत स्थापना भएका विद्यालयहरूमा अध्ययनरत बालबालिकाको शैक्षिक भविष्यमा गम्भीर असर पर्न सक्ने भन्दै पालिकाले यस्ता विद्यालयहरूमाथि कडाइका साथ कारबाही गर्ने अध्यक्ष बोहराले बताएका छन् ।

“नियमन विपरीत सञ्चानमा ल्याइएका  विद्यालयहरू तत्काल बन्द गरिनुपर्ने आवश्यकता देखिएको छ । ती विद्यालयहरूले न त शैक्षिक मापदण्ड पालना गरेका छन्, न त कानुनी प्रक्रिया,” पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

                         गाउँपालिकाले जारी गरेको सूचना

गाउँपालिकाले वडा कार्यालयहरूलाई यस्तो अवस्थाको जाँचबुझ गरी विद्यालय सञ्चालन सम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेका संस्थागत विद्यालयहरू बन्द गराउन आवश्यक पहल गर्न आग्रह गरेको छ ।

Loading...