बझाङमा घरको छतबाट लाडेर एकजना गम्भीर घाइते, धनगढी रेफर

बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ थलरामा एक जना घरको छतबाट लडेर गम्भीर घाइते भएका छन् । शुक्रवार बिहान करिब ७:४५ बजे स्थानीय ४५ वर्षीय बिस्ने धामी हिक्कमत जाग्रीको घरको छतमा पात्थर लगाउने क्रममा करिब १८ फिट तल भुइँमा खस्दा टाउकोमा गम्भीर चोट लागेको हो ।

घटनापछि बेहोस भएका धामीलाई  आफन्तहरूले जिल्ला अस्पताल बझाङ पुर्‍याएका थिए । अस्पतालमा प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि उनलाई धनगढी रेफर गरिएको अस्पताल समन्वय ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक महेन्द्र ब. बम ले जानकारी दिएका छन् ।

Loading...