बझाङ र अछाममा समिट एयरको पुनः उडान हुने

बझाङ र अछाममा समिट एयरको पुनः उडान हुने भएको छ । ६ महिनादेखि रोकिएको धनगढीदेखि बझाङ र अछाम हुने उडान पुनः सुचारू हुने भएको हो ।

गत असोजदेखि बझाङ, अछामको हवाई उडान नगरेको समिट एयरले यही जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाएको छ । जेठ १९ गतेदेखि नियमित उडान सुरु हुन लागेको समिट एयरका  प्रतिनिधि टंक कुँवरले बताए । उनका अनुसार अबदेखि बझाङ र अछाम जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ । कुँवरका अनुसार प्रत्येक हप्ताको सोमवार र बिहीवार अछाम र बझाङ उडान गरिने छ ।

सोमवार (१९ गते) धनगढी–अछाम र अछाम हुँदै नेपालगंज उडान भर्नेछ । विहिवार (२२ गते) भने धनगढी–अछाम र अछाम धनगढी उडान गर्ने कुँवरले जानकारी दिए । समिट एयरले धनगढी–अछाम र अछामदेखि नेपालगंजको भाडादर ४ हजार ५ सय कायम गरिएको कुँवरले बताए ।

Loading...