
काठमाडौं, जेठ १९ — बझाङ ज्यावन युवा समाज, काठमाडौंको दोस्रो अधिवेशन शनिबार राजधानीमा सम्पन्न भएको छ । युवाहरुको उल्लेखनीय सहभागिता, सक्रियता र एकताको भावनाले कार्यक्रमलाई उत्साहजनक बनाएको आयोजकले जनाएका छन् ।
अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसमा अध्यक्षमा हर्क बहादुर जाग्री चयन हुनुभएको छ । उपाध्यक्षमा पूजा धामी (गुर्धामी) र आकाश धामी महत, सचिवमा तेज बहादुर गुर्धामी, सह-सचिवमा सुर्य धामी, कोषाध्यक्षमा कमल बोहरा रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा विकाश जाग्री, नवराज धामी, रविन्द्र धामी, सुन्दर जाग्री र शुषिल धामी चयन हुनुभएको छ ।
साथै अधिवेशनले समाजको मार्गदर्शन र सल्लाहका लागि सल्लाहकार समिति गठन गरेको छ । प्रमुख सल्लाहकारमा नर बहादुर गुर्धामी चयन हुनुभएको छ भने गोविन्द बहादुर धामी, करन बहादुर गुर्धामी, भक्त बहादुर धामी, विमला रिमाल धामी, नरेश बोहरा, समुन्द्र धामी र डा. आनन्द धामी सल्लाहकारका रूपमा चयन हुनुभएको छ ।
नवगठित कार्यसमिति र सल्लाहकार समितिलाई बधाई ज्ञापन गर्दै सहभागीहरूले समाजले आगामी दिनहरूमा बझाङका युवाबीच समन्वय, सहयोग र सामाजिक रूपान्तरणको यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए । अधिवेशनमा बझाङका विभिन्न क्षेत्रबाट आएका युवाहरू, समाजसेवी, सल्लाहकार तथा संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थापक अध्यक्ष करन बहादुर गुर्धामीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा देउडा कलाकार उमाशंकर जोशी र टेक बोगटीको विशेष देउडा प्रस्तुति कार्यक्रमको आकर्षणको केन्द्र बनेको थियो ।
कार्यक्रमको अन्त्यमा समाजले अधिवेशन सफल बनाउन प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।