
बझाङ : जिल्लाको बित्थडचिर गाउँपालिका–७ गैरीपोखरीमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ । आज बिहान करिब ४ बजे पूर्ण बहादुर खड्काको खरले छाएको एक तले गोठमा आगलागी भएको हो ।
स्थानीय स्रोतका अनुसार आगो घरमा बालेको चुलोबाट सल्किएको अनुमान गरिएको छ । आगलागीबाट गोठमा रहेका ३ वटा बाख्रा र १ गाईको जलेर मृत्यु भएको छ भने २ वटा गोरु र अर्को १ गाई घाइते भएका छन् । मानवीय क्षति भने नभएको जनाइएको छ ।
आगलागीका कारण गोठ पूर्णरूपमा नष्ट भएको र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।