बझाङमा भिरबाट खसेर एक महिला घाइते, थप उपचारका लागी धनगढी रिफर

बझाङ : छबिसपाथिभेरा गाउँपालिका–७ बुडखोरीकि २१ वर्षीया सविना धामी आज बिहान घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकि छिन् । घर नजिकैको जंगलमा पर्ने भिरालो ठाउँबाट करिब १०० मिटर तल  खसी गम्भीर घाइते भएकी छन् ।
। बिहान करिब १० बजे तिर घाँस काट्दै गर्दा सन्तुलन गुमाई भिरबाट खसेकी सबिनालाई तत्काल परिवार र स्थानीयवासीको सहयोगमा जिल्ला अस्पताल बझाङ ल्याइएको थियो ।

सविनाको बायाँ छातीका ३ वटा करङ भाचिएका छन्, भने बायाँ खुट्टाको घुँडामुनि पनि फ्र्याक्चर भएको छ । साथै, शरीरका विभिन्न भागमा भित्री चोटसमेत देखिएको र उनको अवस्था मध्यम रहेको जानकारी प्राप्त भएको छ ।

अस्पतालको प्रारम्भिक उपचारपछि चिकित्सकको सिफारिसमा थप उपचारको आवश्यकता देखिएकाले  उनलाई सघन उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...