मष्टा गाउँपालिकामा ७ दिने होमस्टे तालिम सञ्चालन

बझाङ — मष्टा गाउँपालिकाको आयोजनामा तथा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, रविभवन काठमाडौँको साझेदारीमा मष्टा गाउँपालिकामा ७ दिने होमस्टे तालिम सञ्चालन गरिएको छ ।

ढडार मष्टा, माणु, तपोवन, मालिका, भतेली लगायतका पर्यटकीय सम्भावना भएका क्षेत्रहरूमा होमस्टे सञ्चालन गर्दै पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन उपभोग गर्ने, स्थानीय संस्कृतिमा रमाउने, र परम्परागत शैलीका घरमा बास बस्ने वातावरण निर्माण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले तालिमको औचित्यबारे उल्लेख गर्दै भने, “घरमै बसेर आम्दानी गर्न सकिने होमस्टेको माध्यमबाट स्थानीय अर्थतन्त्र सुधार हुने अपेक्षा गरिएको छ ।” साथै, उनले होमस्टेले महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

सात दिने तालिममा सहभागीहरूले आतिथ्य सेवा, सरसफाइ, परिकार तयारी, पर्यटकसँग व्यवहार गर्ने तरिका लगायतका व्यवहारिक ज्ञान र सीप प्राप्त गरिरहेका छन् । तालिममा स्थानीय महिला, युवा तथा व्यवसायमा चासो राख्ने समुदायका सदस्यहरूको सक्रिय सहभागिता रहेको छ । 

गाउँपालिकाले ग्रामीण पर्यटन प्रवर्द्धन तथा स्थानीय स्रोत साधनको उपयोग गर्दै आत्मनिर्भर समुदाय निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Loading...