बझाङ : जिल्लाको केदारस्युँ गाउँपालिका–८ सुकानाउलामा एक महिला घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी छिन् । स्थानीय मैनादेवी बोहरा करिब ३०० मिटर तल भिरबाट लड्दा उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको आफन्तहरूले बताएका छन् ।
एकल महिलाको रूपमा बसोबास गरिरहेकी बोहरा बिहीबार घर नजिकैको भिरालो जमिनमा घाँस काट्ने क्रममा लडेकी हुन् । घाइते बोहराको अवस्था चिन्ताजनक रहेकाले तत्काल उपचार आवश्यक परेको र त्यसका लागि आर्थिक सहयोगको खाँचो रहेको परिवारका सदस्यहरूले बताएका छन् ।
उनीहरूको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन अप्ठ्यारो परेको भन्दै सहयोगका लागि सबैमा अपिल गरिएको छ ।