भारतमा घाँस काट्ने क्रममा बझाङकि १६ वर्षीया करिनाको भीरबाट लडेर मृत्यु

बझाङ : छबिस पाथिभेरा गाउँपालिका–७ खोरीकी १६ वर्षीया करिना बोहराको भारतको केदारनाथमा भीरबाट लडेर ज्यान गएको छ । कामको सिलसिलामा आफन्तसँगै केदारनाथ पुगेकी करिनाको आज घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको उनका आफन्तहरूले जानकारी दिएका छन् ।

करिनालाई बुवाले सानैमा छोडेर गएपछि उनी आमासँगै बस्दै आएकी थिइन् । आर्थिक अभावका कारण कम उमेरमै भारत जानु परेको बताइएको छ ।
घटनापछि परिवारमा शोकको छायाँ छाएको छ । स्थानीयहरूका अनुसार रोजगारीका लागि भारत जाने किशोर–किशोरीको संख्या पछिल्लो समय बढ्दो छ ।

Loading...