बझाङको देवलमा चट्याङ परेर घर क्षतिग्रस्त

बझाङ : जयपृथ्वी नगरपालिका–९ देवलका एक घरमा चट्याङ परेर क्षति भएको छ । आज अपरान्ह करिब ३:२० बजे देवलका ४३ वर्षीय गणेश धामीको दुई तले, दुई कोठे ढुंगा–माटोले बनेको तथा जस्तापाताले छाइएको घरमा चट्याङ परि घर चर्किएको हो ।

घटनापछि अन्य मानवीय तथा पशुचौपायाको क्षति नभएको जानकारी प्राप्त भएको छ । बिमानस्थल सुरक्षा गार्ड देवल, बझाङलाई जानकारी गराइएलगत्तै प्रहरी सहायक निरीक्षक महेश बुडालको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Loading...