बझाङको बुंगलमा घरको छतबाट खसेर एक वर्षीय बालक घाइते

बझाङ : जिल्लाको बुंगल नगरपालिका–३ बिरुकाँडाका रतना बोहराका एक वर्षीय छोरा शिरिष बोहरा आफ्नै घरको दोस्रो तलाको झ्यालबाट खस्दा घाइते भएका छन् ।
आइतबार दिउँसो करिब १२ बजेको समयमा घरको झ्यालबाट भुइँमा खस्दा बालकको टाउकोमा चोट लागेको हो ।

तत्कालै उनलाई उपचारका लागि  जिल्ला अस्पताल बझाङ ल्याइएको छ । हाल उनको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ । 

Loading...