बझाङमा अबैध काठ ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

बझाङ : अबैध काठ ओसारपसार सम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मष्टा गाउँपालिका–५ बस्ने ४८ वर्षीय नबराज बोहरा २०७६ साल वैशाख १२ गते बझाङ जिल्ला अदालतबाट ६५ हजार ३ सय ६३ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका थिए ।

फरार प्रतिवादी बोहरालाई  बुधबार दिउँसो ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी निरीक्षक (प्र.स.नि.) केशव ठगुन्नाको कमाण्डमा खटिएको दुई जनाको प्रहरी टोलीले जयपृथ्वी नगरपालिका–११ स्थित भोपुर बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बोहरालाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत बझाङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार लामो समयदेखि फरार रहेका बोहरालाई निगरानीमा राखी योजनाबद्ध रुपमा पक्राउ गरिएको हो ।

Loading...