प्राथमिक तहको नयाँ विज्ञापन तत्काल नखुल्ने

काठमाडौ – प्राथमिक तहको शिक्षक पदको नयाँ विज्ञापन तत्काल नखुल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा विज्ञापनसम्बन्धी फाइल पेश भइसकेको भए पनि मन्त्रालयको स्पष्ट निर्णय नआएसम्म प्रक्रिया अघि नबढ्ने भएको हो ।

उच्चस्तरीय दरबन्दी पुनरवलोकन कार्यदलले प्राथमिक तहमा करिब २० हजार शिक्षक बढी रहेको उल्लेख गर्दै ती शिक्षकलाई शैक्षिक योग्यताको आधारमा निम्न माध्यमिक वा माध्यमिक तहमा समायोजन गर्न सिफारिस गरेको छ ।

पूर्वशिक्षा सचिव दीपेन्द्रविक्रम थापा संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन गत फागुन १७ गते सरकारलाई बुझाइएको थियो । तर सो प्रतिवेदनका आधारमा नीति र निर्णय नआएसम्म शिक्षक सेवा आयोगले नयाँ विज्ञापन अगाडि नबढाउने स्पष्ट संकेत दिएको छ ।

प्रकृति अधिकारी, शिक्षा पत्रकारको फेसबुकवालबाट

Loading...