बैतडीको मोतीचौर नजिक ठूलो पहिरो, बझाङ आवागमन अवरुद्ध

Masta Gaupalika

बैतडी : जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको मोतीचौर (मुस्याखान) नजिक ठूलो पहिरो गएपछि बझाङ भित्रिने र बाहिरिने सवारी साधन तथा यात्रुहरू अलपत्र परेका छन् ।

हिजो दिउँसो धनगढीबाट छुटेका र बझाङबाट धनगढी तथा महेन्द्रनगरतर्फ हिडेका सवारी साधन तथा यात्रुहरू अलपत्र परेका यात्रुले टेलिफोनमार्फत जानकारी दिएका छन् । अहिलेसम्म पहिरो पन्छाउने कुनै पनि निकायले पहल नगरेको यात्रुहरूको गुनासो छ । सडक अवरुद्ध भएकाले यात्रुहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन् ।

स्थानीयवासीका अनुसार वर्षातसँगै थप पहिरोको जोखिम कायमै छ । जसका कारण सडक खुलाउने कार्य ढिलाइ हुने सम्भावना छ ।

Loading...