बझाङ : छबिस पाथिभेरा गाउँपालिका-२ जयपृथ्वीनगर स्थित सत्यवादी माध्यमिक विद्यालयका छात्र–छात्रालाई स्व. रुमला ऐडी र स्व. उदिप ऐडीको सम्झनामा खेलकुद सामग्री वितरण गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बझाङ जिल्ला सहसचिव तथा छविसपाथिभेरा खेलकुद समिति सदस्य मुकेश ऐडीले आफ्नी स्वर्गीय काकी रुमला ऐडी र स्वर्गीय भाइ उदिप ऐडीको स्मृतिमा आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९ औं जन्मजयन्ती समारोह कार्यक्रमको अवसरमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा स्व. रुमला ऐडीको सम्झनामा छात्राहरूलाई ९ जोर खेल पोशाक र स्व. उदिप ऐडीको सम्झनामा छात्रहरूलाई ९ जोर खेल पोशाक वितरण गरिएको हो । त्यसैगरी विद्यालयलाई ३ थान भलिबल, १ थान पम्प र १ थान नेट जाली समेत उपलब्ध गराइएको छ । विद्यालय प्रशासनले स्मृतिमा गरिएको यो योगदानले विद्यार्थीहरूलाई खेलकुदमा थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।