डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनासथलमै मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका- ५ को उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप आज बिहान करिब साढे ८ बजेको समयमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिप दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुलाई डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । मृतक तथा घाइतेहरुको अहिले परिचय खुल्न नसकेको उनले बताए ।
जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । जिपमा चालकसहित ९ जना सवार रहेको बुझिएको छ ।