बान्निचौर माद्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बोहरा निर्विरोध चयन

सुनिल मण्डेल बझाङ : छबिस पाथिभेरा गाउँपालिका–३ स्थित  बान्निचौर साधारण तथा प्राविधिक माध्यमिक विद्यालयको  व्यवस्थापन समितिको अध्यक्ष पदमा हिक्मत बोहरा निर्विरोध चयन भएका छन् ।

आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले बोहरालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । शैक्षिक क्षेत्रको सुधारमा लामो समयदेखि सक्रिय रहँदै आएका बोहरा सोही विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।

शिक्षा क्षेत्रलाई गुणस्तरीय र परिणाममुखी बनाउन आफू निरन्तर प्रतिबद्ध रहेको बताउँदै उनले भने, यो विद्यालय मेरो सिकाइको आधार हो, त्यसैले विद्यालयलाई अझ राम्रो बनाउन मेरो नेतृत्वमा सम्पूर्ण शिक्षक, अभिभावक र समुदायसँग मिलेर अगाडि बढ्नेछु । विद्यालयको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तार मेरा प्राथमिक एजेन्डा हुनेछन् ।”

बोहरा विगतदेखि नै स्थानीय शैक्षिक गतिविधि सुधार, गुणस्तरीय शिक्षा प्राप्ति गर्न सक्रिय रहँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिको नेतृत्व पाएसँगै उनले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन आफू कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

Loading...