सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना, चालकको मृत्यु

बझाङ : जिल्लाको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुर्मा गाउँपालिका–३ बाट सुर्मा जाने बाटोमा अवरुद्ध भएको सडक खोल्ने क्रममा दौलिगाडा नजिक जेसिबी दुर्घटनामा परेको हो ।

सुर्मा गाउँपालिका–३ कोलपाटा भन्ने स्थानमा आज साँझ करिब ८ बजे जेसिबी पल्टिँदा चालक कैलालीका रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको सुर्मा गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष दिनेश बोहराले जानकारी दिएका छन् ।

दुर्घटनामा परेका सुर्मा–३ काँटैका रबी बोहराले हाम फालेर ज्यान जोगाउन सफल भएको जनाइएको छ । सोही जेसिबीमा सवार सुर्मा–५ का धर्मराज जेठारा पनि सकुशल रहेको वडाध्यक्ष बोहराले बताए ।

Loading...