बझाङ : देशव्यापी जेन–जी (Gen-Z) आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनकारी विद्रोहका रूपमा लिँदै दुर्गाथली गाउँपालिकाले आन्दोलनमा वीरगति प्राप्त गरेका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
यसै सन्दर्भमा दुर्गाथली गाउँपालिकाका स्व. भीम धामी र खप्तडछान्नाका स्व. सुवास बोहरालगायत शहीदप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले देश र जनताको लागि गरिएको उच्च बलिदानको स्मरण गर्दै दुबै शहीदका परिवारलाई राहतस्वरूप एक-एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका छन् ।