खोलामा खसेर बेपत्ता भएका साइपालका प्रेम अझै भेटिएनन्

बझाङ : साइपाल गाउँपालिका–३ काँडाका ३६ वर्षीय प्रेमबहादुर बोहरा खोलामा खसेर बेपत्ता भएको दुई हप्ता बितिसक्दा पनि अझैसम्म फेला परेका छैनन् ।

बोहरा साउन १५ गते जडीबुटी टिप्नका लागि अम्लागाडलेक गएका थिए । गत भदौ ३१ गते मंगलबार राति घर फर्किने क्रममा घट्टेगाड थरुनी खोलास्थित काठेपुलबाट खसेका थिए ।

घटनापछि प्रहरी टोली र स्थानीयवासीले निरन्तर खोजीकार्य गरे पनि बोहरा भेटिएका छैनन् । परिवारजन भने अझै पनि उनी सकुशल फेला पर्ने आशामा छन् ।

Loading...