बझाङमा दुई युवक चरेससहित पक्राउ

बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–२ का १८ वर्षीय ज्ञानेन्द्रकुमार मण्डेल र सोही उमेरका अजय मण्डेल रहेका छन् । उनीहरूलाई मंगलबार जयपृथ्वी नगरपालिका–७ कचालीखोलास्थित शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले गरेको तलासीमा ज्ञानेन्द्र मण्डेलले बोकेको झोलाबाट २ किलो १ सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ, तराजु र ५०० ग्राम क्षमताको ढक बरामद गरिएको जनाएको छ । प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...