चैनपुरमा धामीमाथि  कुटपिट : दुई जना प्रहरी नियन्त्रणमा, एक फरार

बझाङ : छबिसपाथिभेरा गाउँपालिका–७ का किरण धामीमाथि बिहीबार दिउँसो चैनपुरमा अज्ञात समूहले कुटपिट गरेको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सुर्मा गाउँपालिका–१ का १९ वर्षीय अनिल बोहरा र अर्का एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् । तर, घटनामा संलग्न भनिएका सोही ठाउँका रमिल बोहरा भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

Loading...