प्रहरी हवल्दार ठगुन्नाको हृदयघातबाट मृत्यु

बझाङमा हृदयघातका कारण एक प्रहरी हवल्दारको मृत्यु भएको छ । अस्थायी प्रहरी पोस्ट तमैलमा कार्यरत हवल्दार ललित सिंह ठगुन्ना आज बिहान अचानक बेहोस भएपछि निधन भएको बताइएको छ ।

कैलाली स्थायी घर भएका ठगुन्ना ड्युटीमै रहेका बेला एक्कासी ढलेका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अहिले उनको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...