
बझाङ : थलारा गाउँपालिका–४ गडिगाँउका स्थानीयवासी आज बिहानदेखि सडकमा उत्रिएपछि सेती लोकमार्ग अन्तर्गत दिपायल–चैनपुर सडकखण्ड अबरुद्ध बनेको छ ।
विद्युत् सेवा विस्तार र खानेपानीको स्थायी व्यवस्था गरियोस् भन्ने मागसहित स्थानीयहरूले सडकमै धर्ना तथा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूका अनुसार लामो समयदेखि विद्युत् र खानेपानी अभावले दैनिकी प्रभावित भएको र सो माग पटकपटक स्थानीय सरकारसमक्ष राखेपनि बेवास्ता गरिएको भन्दै आन्दोलनमा उत्रिनु परेको हो ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्थानीयहरूको भनाइ छ । आन्दोलनका कारण सेती लोकमार्ग सडकखण्डको यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
स्थानीय तर्फबाट भने तत्काल समस्याको समाधानका लागि पहल गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ ।
