नेपाली भिलेज यूकेको मार्केटिङ कार्यक्रम भव्य रूपमा सम्पन्न

Masta Gaupalika

लन्डन — ३० डिसेम्बर २०२५ मा ह्यारो लेजर सेन्टरमा नेपाली भिलेज यूकेको मार्केटिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरूको उत्साह उच्च रहेको थियो । परियोजनाप्रति व्यापक चासो देखिएको र धेरै नयाँ शेयरधारकहरूले सहभागी हुने इच्छा व्यक्त गरेको ब्रिटिस गोर्खा पल्टनका भूतपूर्व मेजर खुशीमान गुरुङ (MVO) ले जानकारी दिए ।

नेपाली गोर्खा र बेलायतको ब्रेकन टाउनबीचको ऐतिहासिक सम्बन्धलाई अझ नजिक बनाउने उद्देश्यले ब्रेकन टाउनमै “नेपाली भिलेज यूके” निर्माण भइरहेको छ। मेजर खुशीमान गुरुङका अनुसार यो परियोजना केवल लगानीको माध्यम मात्र नभई नेपाली इतिहास, संस्कृति र गोर्खा विरासतलाई भावी पुस्तासम्म जोगाउने साझा अभियान हो ।


आयोजकले भने, “गुमेको अवसर अरू कुनै पनि कुराभन्दा महँगो हुन्छ । लगानीकर्ताहरूलाई ढिलाइ नगरी सहभागी हुन आग्रह गर्दछु ।” शेयर आवेदन ३१ डिसेम्बर २०२५ को मध्यरातसम्म मात्र खुला रहने जानकारी दिइएको छ ।


एमभिओ मेजर खुशिमान गुरुङले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने निर्देशक र शेयरधारकहरूलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।


नेपाली भिलेज यूकेले “संस्कृति संरक्षण, सहकार्यको प्रवर्द्धन” भन्ने नारासहित नेपाली संस्कृति, पहिचान र सामूहिक एकतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।

Loading...