काठमाडौँको बागबजार र तनहुँको दमौलीबाट शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै आएको युनियन एजुकेसनले तयार पारेको अध्ययन सामाग्री परीक्षार्थीमाझ लोकप्रिय बनेको छ । शिक्षक सेवा आयोग खुला परीक्षा अन्तरगत आधारभूत र माध्यमिक तहको अध्ययन सामाग्री परीक्षार्थीले रुचाएका हुन् ।
बजारमा पाइने अन्य किताबको तुलनामा विषयवस्तुको प्रस्तुति राम्रो भएको कीर्तिपुरको बालाचमेली पुस्तक पसलमा किताब किन्दै गरेका लोकमणी जोशीले बताए । ‘म शिक्षक सेवा आयोग माध्यमिक तहको अध्ययन गरिरहेको छु । बजारमा उपलब्ध किताबसँग तुलना गर्दा विषयवस्तुको प्रस्तुति गुणात्मक छ,’ उनले भने ‘आकारमा ठुलो देखिएपछि अध्ययन गर्न सहज रहेछ ।’
घरमा शिक्षक सेवाका थुप्रै किताब हुँदाहुँदै पनि युनियन एजुकेसनको किताब किन्न बाध्य भएको अर्का परीक्षार्थी हेमराज ओझा बताउँछन् । उनी भन्छन्, ‘अद्यावधिक गरिएको विषयवस्तु छ । अवधारणात्मक विषयवस्तुलाई चित्रद्वारा बुझाउने प्रयास गरिएको छ । म सँग अन्य किताब हुँदाहुँदै पनि अध्ययन गर्न सहज लागेको हुँदा यो किताब किन्न बाध्य भए ।’
पसलमा युनियन एजुकेसनको किताब खोज्न आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको बाला चमेली पुस्तक पसल कीर्तिपुरका सञ्चालक बताउँछन् ।
किताब प्रकाशन भएको पहिलो सातामै माग बढेको अनलाइनबाट किताब बिक्री गर्ने बुक एक्सपर्टका सञ्चालक सुमति केसीले बताए । ‘हामीले बुटवल र काठमाडौँबाट अनलाइन किताब बिक्री गरिहेको छौँ । युनियनले गरेको मिहिनेत पनि होला सायद किताब प्रकाशन भएको पहिलो सातामै राम्रो बिक्री भइरहेको छ ।’
किताब प्रकाशन भएको पहिलो सातामै करिब १ सय ५० प्रति बिक्री भएको किताब सेवा डटकमका एक जना प्रतिनिधिले बताए । यद्यपि यसलाई राम्रो व्यापार भएको भनेर भन्न अझै केही समय पर्खिनु पर्ने उनको तर्क छ । उनी भन्छन्, ‘किताब प्रकाशन हुँदा बजारमा कहिले ह्वात्तै डिमान्ड बढ्छ । युनियनको किताबको डिमान्ड पनि बढेको छ, उनले अगाडि भने, अझै आयोग खुल्न बाकी नै छ । यसपछिको व्यापार कस्तो हुन्छ त्यसपछि थप भन्न सकिन्छ ।’
प्रथम पटक ६ हजार प्रति प्रकाशन भएको किताब एक हप्ता नपुग्दै बिक्री भएको छ । परीक्षार्थीको माग अझै बढेकाले पुनः ५ हजार प्रति प्रकाशनका लागि अर्डर गरिएको युनियन एजुकेसनका सञ्चालक रमेशबाबु भट्टराईले जानकारी दिए ।