बझाङ : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रधानमन्त्री एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पुरुष टिम छनोट प्रक्रिया सुरु गरिएको छ ।
बझाङ जिल्ला क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता आयोजना हुने भएकाले जिल्लास्तरीय टिम छनोट गर्न लागेको जनाएको छ । संघका अनुसार प्रतियोगिता यही वर्ष चैत १४ गतेदेखि २०८३ वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका लागि बझाङ जिल्लाका खेलाडी छनोट गर्न फारम दर्ता प्रक्रिया सुरु गरिएको संघले जानकारी दिएको छ । इच्छुक खेलाडीहरूले पुस २७ गतेदेखि माघ ४ गतेसम्म फारम भर्न सक्नेछन् ।
खेलाडी छनोट कार्यक्रम दुर्गाथली–५ स्थित जाफ्री खेलमैदानमा सञ्चालन हुने जनाइएको छ । छनोट खेल चैत १४ गते देखी २०८३ बैशाख ९ गतेसम्म सञ्चालन गरिने छ । बझाङ जिल्ला क्रिकेट संघले जिल्लाभरका सम्बन्धित क्लब, खेलाडी तथा सरोकारवालालाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई सहभागिता जनाउन आग्रह गरेको छ ।
संघका अध्यक्ष प्रबिन्द्र धामीले बझाङ जिल्लाबाट क्षमतावान खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धी टोली पठाउने लक्ष्य रहेको बताएका छन् ।
