बझाङ : नेपाली कम्युनिस्ट पार्टी बझाङले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो मनोनयन दर्ता गराएको छ । पार्टीको तर्फबाट मिनबहादुर कुँवर उम्मेदवार रहनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कानुनी प्रक्रिया पूरा गर्दै मनोनयन दर्ता गरिएको पार्टीले जनाएको छ । पार्टीले आफ्नो उम्मेदवारमार्फत जनताको हकहित, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको दाबी गरेको छ । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार कुँवरले बझाङका जनताको समस्यालाई नजिकबाट बुझेको र जनताको विश्वास जित्ने गरी चुनावी अभियान अघि बढाउने बताए ।
निर्वाचन तालिका अनुसार अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, चुनावी प्रचारप्रसार र मतदान प्रक्रिया अघि बढ्नेछ ।