
बझाङ : जिल्लामा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा केही दिनदेखि अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि जिल्लाभर सञ्चार क्षेत्र प्रभावित भएको छ भने नागरिक, सञ्चारकर्मी तथा कार्यालयीय कामकाजमा समेत समस्या देखिएको छ ।
नेपाल टेलिकम बझाङका प्रमुख बमबहादुर सिंहका अनुसार प्राविधिक समस्याका कारण फोरजी सेवा अवरुद्ध भएको हो । समस्या समाधानका लागि डडेल्धुराबाट प्राविधिक टोली पठाइएको र टोली भोलिसम्म बझाङ आइपुग्ने जानकारी उनले दिएका छन् ।
सेवा अवरुद्ध हुँदा मोबाइल इन्टरनेट, अनलाइन सेवा, सामाजिक सञ्जाल तथा डिजिटल कारोबारमा समेत बाधा पुगेको स्थानीयले बताएका छन् ।