
बझाङ : बझाङमा एक प्रहरी कर्मचारीको भिरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी सहायक हवल्दार ३२ वर्षीय दिपेन्द्र बमको जयपृथ्वी नगरपालिका–११ भोपुरमा भिरबाट लडेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।