दहशैनको संरक्षण र प्रवर्द्धनमा जोड दिन्छु : प्रकाश रसाइली स्नेही

Masta Gaupalika

बझाङ : नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले केदारस्युँ गाउँपालिका स्थित ऐतिहासिक तथा धार्मिक स्थल दहशैनको संरक्षण र प्रवर्द्धनमा जोड दिने बताएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अभियानका क्रममा दहशैन पुगेका स्नेहीले स्थानीय बासिन्दासँगको भेटघाटमा दहशैन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले दहशैन क्षेत्र बझाङ जिल्लाकै रमणीय, ऐतिहासिक र धार्मिक आस्थाको केन्द्र भएको उल्लेख गर्दै यसको अपेक्षित विकास र प्रचारप्रसार हुन नसकेको बताए । “यो क्षेत्र प्राकृतिक सौन्दर्य, अग्लो भूभागमा रहेको सुन्दर ताल, यहाँको मैदान र जंगलले भरिपूर्ण छ । तर जति विकास हुनुपर्ने हो, त्यति हुन सकेको छैन,” उनले भने ।

स्नेहीले दहशैन ताल, भामचौर र काँडाचौर क्षेत्रको अवलोकन गर्दै स्थानीय बासिन्दाका समस्या र गुनासो सुनेका छन् । भेटघाटका क्रममा उनले वर्षौंदेखि खानेपानी समस्याले प्रभावित स्थानीयको अवस्था बुझ्दै संसदमा पुगेपछि यहाँको खानेपानी, सडक तथा पर्यटन पूर्वाधार विकासका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीयले धार्मिक स्थल दहशैनको संरक्षण, पर्यटन प्रवर्द्धन र आधारभूत सेवा सुविधा विस्तारका लागि पहल गर्न आग्रह गरेका छन् ।

 

Loading...