
रास्वपाका उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेकपा एमालेका नेता विप्लव घोष पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार दीपककुमार शाहलाई लक्षित गरेर अफवाह फैलाउन भ्रामक भिडियो पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत गलत सूचना र समाचार पोष्ट गरेर उम्मेदवारविरुद्ध अफवाह फैलाएको पाइएकाले उनलाई पक्राउ गरिएको सुनसरी प्रहरीको भनाइ छ ।
यस्ता कार्यमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घोषलाई नियन्त्रणमा लिनुअघि रास्वपाले उनलाई पक्राउ गर्नुपर्ने माग गरेको थियो । रास्वपा सुनसरीले विज्ञप्ति जारी गरेर घोषलाई पक्राउ गरेर कारबाही गर्न माग गरेको थियो ।
आसन्न निर्वाचन नजिकिएसँगै प्रहरी सामाजिक सञ्जालमाथि निगरानी बढाइरहेको छ ।