बझाङ : बझाङमा विधुत सेवा अवरुद्ध भएको छ । बैतडीको खोड्पेमा हावाहुरी र भारी वर्षा परेकाले बझाङ जिल्लाभरि विद्युत् सेवा अवरुद्ध भएको हो ।
नेपाल विधुत प्राधिकरण, बझाङ वितरण शाखा केन्द्रका अनुसार, लाइनमा समस्या आएपछि जिल्लाभरिको विद्युत् सेवा रोकिएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालय र स्थानीय व्यवसायहरूमा कामकाज प्रभावित भएको छ । प्राधिकरणले सुधारका लागि तत्काल कार्य अघि बढाएको र सेवा पुनः सुचारु गराउन प्रयास भइरहेको जनाएको छ ।