बझाङबाट निर्वाचित सांसद महरलले बझाङ्गी भाषामा लिँदै सपथ

बझाङ : बझाङबाट निर्वाचित सांसद ऐन महरले बझाङ्गी (स्थानीय) भाषामा सपथ लिने भएका छन् । संघीय संसद सदस्यका रूपमा उनले आफ्नो मातृभाषामा सपथ लिँदै भाषिक पहिचान र स्थानीय संस्कृतिको जगेर्नाप्रति प्रतिबद्धता जनाएका हुन् ।

सांसद महारले सामाजिक सञ्जालमार्फत भनेका छन्, “पोरुखि चैत १२ गते मु बझाङि भाषामि सांसदको सपथ अर्ध्या हुँ । मेरो सपथको ढाँचा तलैंदाको जसो हुन्या हो ।”

सार्वजनिक गरिएको नमुना ढाँचामा उल्लेख गरिएको छ, “मु ऐन बहादुर महर मुलुक र जनताप्रति पूर्ण बफादार रैकन सत्यनिष्ठापूर्वक कसम अर्दोछु । जनताको नाममा शपथ लिंदो छु कि नेपालको सार्वभौमसत्ता रे राजकिय सत्ता नेपाली जनतामा रह्याको नेपालको संविधान प्रति पूर्ण वफादार रैकन मुलुक रे जनताको सोजो चिताइकन, कसुईको डर नमानी, पक्षपात नअरी, पूर्वाग्रह अथवा खराब भावना नलिईकन पदिय गोपनियता कायम राखिकन इमान्दारीका साथ अर्याछु ।”

पछिल्लो समय नेपालमा विभिन्न जातजाति तथा समुदायका प्रतिनिधिहरूले आफ्नै मातृभाषामा सपथ लिने अभ्यास बढ्दै गएको छ । यसलाई भाषिक समावेशिता र पहिचानको सम्मानका रूपमा हेरिएको छ । 

 

Loading...