भाइबर होस्टलको आयोजनामा ‘म्याथमेटिक्स सिजन–१८’ को पुरस्कार वितरण तथा २०८२ सालको एसईई र एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
चैत्र १४ गते शनिबार आयोजित उक्त कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक मेख पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा हेरम्ब प्रसाद कोईराला र विशेष अतिथिका रूपमा मुकेश कुमार अधिकारीको उपस्थिति रहेको थियो । साथै , चर्चित लोकदोहोरी गायिका कमला सुनारको विशेष आतिथ्यले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो ।
सो अवसरमा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिनुका साथै सहभागी विद्यार्थी , शिक्षक र अभिभावकहरूलाई मायाको चिनो र आगामी शैक्षिक सत्र २०८३ को क्यालेन्डर प्रदान गरी सम्मान गरिएको थियो ।
प्रबन्ध निर्देशक पोख्रेलले परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने शिक्षक , विद्यार्थी तथा अभिभावकहरू प्रति हार्दिक आभार प्रकट गरेका थिए ।