बझाङ्गमा जिप दुर्घटना, मानवीय क्षति भएन

बझाङ : जिल्लाको तलकोट गाउँपालिका–३ रूपातोला, परिखेत डाँडामा जिप दुर्घटना भएको छ । से १ ज ७९३ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खसेको हो ।

प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । जिप भने पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन भने घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...