भद्र जङ्ग कुँवर र मिस पबि को ‘सँग सँगै जुनी काटौँला’

काठमाडौँ । लोकप्रिय  गायक प्रताप दास र अनु चौधरीको  सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘सँग सँगै जुनी काटौँला ’ सार्वजनिक भएको छ ।

 

प्रेम भाव झल्काउने यस गीतमा शब्द एल.पी शर्मा र रोहित देउवाको छ भने युवा सङ्गीतकार रोहित देउवाले प्रेमिल शब्दहरूको सम्मिश्रणमा सङ्गीत भरेका छन् ।

म्युजिक भिडियोमा सर्वप्रिय अभिनेत्री  सञ्चिता लुइँटेल, एल पी शर्मा, भद्र जङ्ग कुँवर र मिस पवि फिचर्ड छन् ।

 

भिडियोमा युगल जोडी लाई प्रस्तुत गरिएको छ, एउटा जोडी  गरिब भएपनी एक अर्का सँग निकै प्रेममा देखिन्छन् र सुखी जीवन बिताएको देखिन्छ भने अर्को जोडी धन सम्पतिमा सम्पन्न छन् तर पनि खुसी देखिँदैनन् ।

 

गीतको यस भिडियोले भविष्यको खुसीका लागि वर्तमानको खुसी लाई नमारौँ भन्ने सन्देश दिएको छ ।

भिडियोमा अनिल के मानन्धरको छायाङ्कन  रहेको छ भने गौरव गिरीको निर्देशनमा भिडियो तयार पारिएको  हो ।

भिडियो ‘रिदम भीड’ को आधिकारिक च्यानलमा सार्वजनिक गरिएको छ । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेको छ।

Loading...