कलाकारद्धय निरुता खत्री सुमन ताम्राकारले आइतबार नयाँ लोक देउडा गीत सार्वजनिक गरेका छन् । युवा पुस्तालाई रिझाउने शब्द, लय र सङ्गीत रहेको लोक देउडा गीत ‘खिर खाउँला साहु खर्क’ सुमन ताम्राकार युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
पश्चिम नेपालमा बोलिने ठेट डोटेली शब्द संयोजन रहेको गीतले बजार तताउने कलाकारद्धयको दाबी रहेको छ ।
गीतको म्युजिक भिडियोमा निरुता र सुमनको अभिनय देख्न सकिन्छ ।
सार्वजनिक गीतको एरेन्ज केशव बडुले गरेका हुन् । गीतको लय माधव तिमिल्सीनाले गरेका छन् । भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् ।
‘खिर खाउँला साहु खर्क, भात खाउँला भात्काडा,
डडेलधुरा जाउँला वाईं खाउँला कोद्याका माणा’
गीतका टुक्कामा टिकटक बनाउनेको सङ्ख्या बढ्दै गइरहेको छ ।