चैनपुरमा ठुला सवारी साधनको चाप रोक्नुपर्छ : वडाध्यक्ष सिंह

बझाङ : जयपृथ्वी नगरपालिका – १० का वडाध्यक्ष पुष्प बहादुर सिंहले सदरमुकाम चैनपुर बजारमा मालवाहक तथा ठुला सवारी साधनको चाप बढेको बताएका छन् । नेपाल एगंलसँग कुरा गर्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । बजारमा ठुला सवारीसाधनको आगमनले मान्छेको आवागमनमा समस्या भएको गुनासो आएपछि नेपाल एगंलले विषय उठान गरेको थियो ।

अध्यक्ष सिंहले भने “म निर्वाचित भएको केहिदिनमा स्थानीयको जनगुनासोलाई मध्यनजर गर्दै बजार भित्र सवारी साधनमा रोक लाएको हुँ” । स्थानीय सञ्चार माध्यमबाट सूचना प्रसारण गरेका हौँ । कहिदिन सम्म प्रवेश पनि रोकिएको थियो । तर सूचनाको अवज्ञा गर्दै अहिले सवारीसाधन, गाडी चालक तथा व्यवसायीले चैनपुरमा जबरजस्त प्रवेश गर्ने गरेका छन् ।

जनपृथ्वी नगरपालिका – १० को कार्यालयले सदरमुकाम चैनपुरमा बिहान ९ देखि बेलुका ५ बजेसम्म गाडी प्रवेशमा रोक लाएको थियो । यो समयमा मान्छेको आवतजावत भइरहने र विशेषगरि विद्यार्थी बालबालिका विद्यालयबाट घर फर्किने गरेकाले गाडीको चापले गर्दा दुर्घटनाको जोखिम भएकाले बजार भित्र सवारी साधनलाई प्रवेश नगराउन भनेको अध्यक्ष सिंहले बताए ।

उनले भने : गाडीको अत्यधिक चापले गर्दा आवागमनमा साह्रै समस्या भएको छ । नागरिक र बालबालिकाको हितकोलागि यसलाई सबैले पहल चाल्दै रोकथाम गर्नुपर्छ । ” अब छिट्टै जिल्ला प्रशासन र नगरपालिका सँग समन्वय गरी ठुला सवारी साधनलाई बजारमा प्रवेश गर्न नदिने वडाध्यक्ष सिंहको भनाइ छ ।

Loading...