बझाङ : घरेलु तथा साना उद्योग कार्यालय बझाङले जिल्ला विभिन्न सीपमूलक तालीम संचालन गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम अन्तर्गत सीपमूलक तालीम सञ्चालन गर्न लागेको घरेलु कार्यालयले बताएको छ । विभिन्न सीपमूलक तालीममा सहभागी हुन कार्यालयले जेठ १ गतेसम्म आवेदन दिन पनि सूचना मार्फत जानकारी दिएको छ ।
जिल्लाभरका नागरिकको लागी १ महिने मोटरसाइकल मर्मत तालीम, १ महिने स्तरोन्नति मोबाइल मर्मत तालीम, ७ दिने च्याउ उत्पादन तालीम र सात दिने टायलिङ्ग तालीम जयपृथ्वी नगरपालिकामा सञ्चालन गरिने जारी सूचना उल्लेख छ । जसका लागी इच्छुक व्यक्तिले सदरमुकाम चैनपुरमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा आवेदन दिन स्क्क्ने छन् ।
यस्तै बुंगल नगरपालिका, बित्थडचिर गाउँपालिका, केदारस्युँ, थालारा, दुर्गाथली र सुर्मा गाउँपालिकामा १ महिने जिप तथा कार ड्राइभिङ तालीम दिइने भएको छ । तालीममा सहभागी हुन सम्बन्धित कार्यालयमा आवेदन पेस गर्न सकिने छ भने मस्टा गाउँपालिका वडा नं. १ का लागी ७ दिने मौरी पालन र बुंगल नगरपालिकामा १५ दिने च्याउ उत्पादन तथा पशुपंक्षी सम्बन्धी तालीम सञ्चालन गरिने घरेलु कार्यालय बझाङका प्रतिनिधि दशरथ जप्रेलले बताए ।
(तालीममा सहभागी हुन चाहिने आवश्यक विवरण तथा जानकारी र सम्पर्कका लागी यो सूचना हेर्नुस् )