बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु

बझाङ : बझाङ घर भएकी एक किशोरीको भारतमा भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नं. ६ लेक गाउँकी १९ बर्सिया हर्कला बुढाको भारतको उत्तराखण्डको केदारनाथमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

मृतक बुढाको आज शनिवार दिउँसो १२ बजेको समयमा केदारनाथ भिरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । बुढा भिरबाट करिब १ सय मिटर तल खसेकी बताइएको छ । उनी एक महिना अगाडी रोजगारीका लागी गाउँका स्थानीय सँगै भारत गएकी थिइन् ।

Loading...